विवाह मिलान वा गुण मिलान वैदिक ज्योतिषमा वर–वधूबीचको विवाह–सामञ्जस्य जाँच्ने विधि हो। यो अष्टकूट प्रणालीमा आधारित हुन्छ, जसमा जम्मा ३६ अंकसम्म गुण मिलाइन्छ।

विवाह मिलान (गुण मिलान)

 

🔶 गुण मिलन (Kundali Matching)

गुण मिलन वैदिक ज्योतिषमा विवाह–सामञ्जस्य जाँच्ने परम्परागत तरीका हो। वर–वधूको जन्मकुण्डलीको आधारमा ८ कूटबाट जम्मा ३६ गुण मिलाइन्छ।

वर्ण (Varna) – 1

वश्य (Vashya) – 2

तारा/दिन (Tara) – 3

योनि (Yoni) – 4

ग्रहमैत्री (Graha Maitri) – 5

गण (Gana) – 6

भकूट/राशि (Bhakoot) – 7

नाडी (Nadi) – 8

 

सामान्यत: १८ वा सोभन्दा माथि अंकलाई ठीक मानिन्छ; २६+ राम्रो, ३०+ उत्कृष्ट मानिन्छ। तर नाडी र भकूट जस्ता संवेदनशील कूटमा दोष परेमा कुल अंक धेरै भए पनि विशेष समीक्षा आवश्यक पर्छ।

⚠️ विशेष सावधानी

नाडी दोष (सबैभन्दा महत्वपूर्ण): स्वास्थ्य/सन्तान सम्बन्धी संवेदनशीलता मानिन्छ; उपदोष/अपवाद (जस्तै समान नक्षत्र–पाद, नाडी नियमका विशेष केस) हेर्नुपर्छ।

भकूट दोष: आर्थिक/भावनात्मक सामञ्जस्य; राशि–गत सम्बन्ध र उपशमन नियम जाँचिन्छ।

गण भिन्नता (देव–मनुष्य–राक्षस): स्वभाविक तालमेलमा प्रभाव।

मङ्गल दोष (Kuja/Mangal): अलग्गै परीक्षण; जन्म, नवांश आदि कुन कुण्डलीमा कस्तो प्रभाव छ हेरेर निष्कर्ष।

उपाय

वैदिक मन्त्र/जप, दान, विशेष पूजा (जस्तै महामृत्युञ्जय, नवग्रह शान्ति)

रुद्राभिषेक, कुलदेवता पूजा

उचित रत्न परामर्श (जन्मपत्रिका अनुसार मात्र)

व्रत/तिथि र शुभ मुहूर्त अनुशंसा

📌 हामी के–के जाँच्छौं?

८ कूटको डिटेल स्कोरकार्ड (३६/३६)

नाडी–भकूट विश्लेषण र अपवाद/उपशमन सम्भावना

मङ्गल दोष (कुञ्जिका: लग्न/चन्द्र/शुक्र कुण्डली)

दाम्पत्य दीर्घायु, आर्थिक/भावनात्मक सामञ्जस्य, परिवार/सन्तान संकेत

सम्भावित चुनौती र व्यवहारिक सुझाव

📄 आवश्यक विवरण

दुवै जनाको पूरा नाम

जन्म मिति, समय, स्थान (समय यथासम्भव सही)

वैकल्पिक: जन्मसमय निश्चित नभए समय सुधार (Birth Time Rectification) चाहिने हुन सक्छ।

🎁 सेवा प्याकेज

सामान्य गुण मिलन : ८ कूट स्कोर + छोटो निष्कर्ष (PDF)

बिशेष गुण मिलान: ८ कूट + मङ्गल/दोष विश्लेषण + सुझाब

बिस्तृत गुण मिलान : विस्तृत रिपोर्ट + 30–45 min परामर्श + उपाय/मुहूर्त

FAQ (छोटो)

कम अंक आयो भने विवाह असम्भव हो? — अनिवार्य हैन। संवेदनशील कूट, उपशमन सम्भावना र व्यक्तिगत ग्रहयोग हेरेर निर्णय गरिन्छ।

मङ्गल दोष दुवैमा छ भने? — धेरै केसमा परस्पर शमन हुन सक्छ; डिटेल विश्लेषण चाहिन्छ।

नाम–पत्रिका मिलाएर मात्र पुग्छ? — होइन, जन्म–डाटा आधारित कुण्डली जरूरी छ।

Whatsapp Go Back Top