


वास्तुशास्त्र प्राचीन वैदिक विज्ञान हो, जसले घर, भवनलाई प्रकृति र ब्रह्माण्डीय ऊर्जासँग सन्तुलित गर्ने मार्गदर्शन गर्छ। दिशानुसार भवनको सही संरचना, कोठाको स्थान, ढोका–झ्याल, रंग, रचना तथा ऊर्जाको प्रवाह मिलाउँदा सकारात्मक शक्ति आकर्षित हुन्छ र नकारात्मक प्रभावहरू हट्छन्। वास्तुका नियमअनुसार बनाइएका घरमा बस्ने व्यक्तिको स्वास्थ्य, शान्ति, धन, शिक्षा, प्रेम, पारिवारिक सुसम्बन्ध बढ्छ भन्ने विश्वास छ। वास्तु दोष भएका ठाउँमा भने बाधा–अवरोध, अस्वस्थता, आर्थिक अस्थिरता वा अन्य समस्या देखिन सक्छ। यस कारणले नै गृहप्रवेश, निर्माण, पुनर्निर्माण वा सजावट जस्ता काम गर्दा वास्तु परामर्श लिनु महत्वपूर्ण हुन्छ। वास्तु केवल धार्मिक परम्परा नभई जीवनलाई व्यवस्थित, सन्तुलित र सफल बनाउन मद्दत गर्ने व्यवहारिक विज्ञान पनि हो।
घर हाम्रो जीवनको आधार हो। घर वास्तु अनुसार, प्रत्येक कोठा, ढोका, झ्याल, रंग र दिशा अनुसारको व्यवस्थाले परिवारको सुख, शान्ति र समृद्धिमा ठूलो प्रभाव पार्छ। यस सेवामा सकारात्मक ऊर्जा ल्याउने तरिकाहरूको बारेमा जानकारी लिन सक्नु हुनेछ ।
सम्पूर्ण वास्तु सेवामा समावेश हुने मुख्य कुराहरु:
१.स्थल निरीक्षण (Site Inspection)
भवन बनाउन लागिएको जग्गा वा भवनको वास्तु अनुकूलता जाँच।
२.दिशा निर्धारण
पूर्व, पश्चिम,उत्तर, दक्षिण जस्ता दिशाहरुको सही मूल्यांकन।
३.ऊर्जा सन्तुलनको जाँच
सकारात्मक र नकारात्मक ऊर्जा कस्तो छ भनी पत्ता लगाउने।
४.नक्सा र डिजाइनको समीक्षा
घर वा भवनको नक्सा वास्तुशास्त्रअनुसार मिलाउने।
५.वास्तु दोष समाधान
भवनमा रहेका वास्तु दोषलाई सुधार गर्ने तरिकाहरु सुझाउने।
६.रंग र सजावट सम्बन्धी सुझाव
वास्तुशास्त्रअनुसार उपयुक्त रंग र सजावटका सुझाव।
वास्तु सेवा लिनको लागि सम्भब हुने कार्यहरु अनलाइन मार्फत नै सोधपुछ गर्न र जान्न तथा बुझ्न सक्नु हुनेछ भने प्रत्यक्ष उपस्थित हुन पर्ने अबस्थाको लागि यसै अनलाइन मार्फत मिति र समयको जानकारी दिइनेछ ।